एलओडीले ६ वसन्तमा धेरै पालुवा फेरेको छ : निर्देशक कुँवर

लोकपथ
28
Shares

काठमाडौं । काठमाडौंको ठमेलमा रहेको एलओडी क्लबका निर्देशक भुपेन कुँवरले क्लबको पहिलो प्राथमकिता एकपटक आइसकेका पाहुनालाई पुनः फर्काउनु र पाहुनाहरूलाई सुरक्षित राख्नु भएको बताएका छन ।

क्लब विश्वकै ४४ औँ उत्कृष्ट बनेको अवसरमा सोमबार साँझ आयोजित उत्सवका क्रममा कुँवरले सो कुरा बताएका हुन् ।

कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई यहाँसम्म ल्याइ पुर्‍याएको बताएका उनले एलओडीले यो ठाउँमा जग गाडेर ६ वटा वसन्त पार गरिसकेको जानकारी दिए ।

रात्रीकालीन व्यवसायका धेरै चुनौती रहेको बताउँदै क्लबप्रति हाम्रो मुलुकमा वा नेपाली समाजमा सकरात्मक धारणा बन्न नसकेको उनले गुनासो समेत कुँवरले गरेका थिए । क्लब जाने मानिस बिग्रने विकृती ल्यायो जस्ता धारणा बन्ने गरेको दुःखेसो उनले पोखेका थिए ।

निर्देशक कुँवरले एलओडी क्लबले क्लबप्रतिको धारणालाई कता–कता चिर्न सकेको दाबी गरे । जहाँ क्लब जानु भनेको नराम्रो मानिने समाजमा हाम्रो जीवन रहेको उनको बुझाइ छ ।

उनले विचार र नियत राम्रो भए जहाँसुकै पनि राम्रो भइने धारणा व्यक्त गरे । यहाँ परिवारसहित आएर आनन्दले नाँचेर मनोरन्जन गर्न सक्नुहुन्छ भनेका उनले अहिले काठमाण्डौँ आउने देशी तथा विदेशी पाहुनाहरूको पहिलो लिस्टमा एलओडी प्राथमिकतामा पर्न थालेको र यो मुलुकका लगि गौरवको विषय बनेको छ बताए ।

व्यवसायमा आउनु ठूलो कुरा होइन आएपछि आइपुगेको ठाउँमा कसरी टिक्न सकिन्छ त्यो महत्त्वपूर्ण रहेको उनको बुझाइ छ ।

उनले संविधानलाई सधैँ शिरोधार्य गरेको र नेपाली समाजदेखि टाढा नपुगेको बताए । क्लबमा आन्तरिक सजावटका लागि नयाँ स्वरूपमा बदल्न लागिएको छ । नयाँ सीट व्यवस्थापन भइसकेको छ । लाइट, म्युजिक सिस्टम र होल इन्टिरियरिङ डिजाइन परिवर्तन गर्ने योजना रहेको कुँवरले प्रस्ट पारे ।

कुँवरका अनुसार हाल एलओडी क्लबमा १ सय ५० बढी कर्मचारी कार्यरत रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?