सत्तापक्षले प्रतिपक्षलाई प्रतिपक्षले सत्तापक्षलाई आरोपित गरेर छुट पाउने ठाउँ छैन : सांसद गैरे 

लोकपथ
70
Shares

काठमाडौं । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले शिक्षकहरूका जायज माग पूरा गर्न सत्तापक्ष र प्रतिपक्षको सामूहिक प्रतिबद्धताको खाँचो रहेको बताएका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गैरेले सत्तापक्षले प्रतिपक्षलाई प्रतिपक्षले सत्तापक्षलाई आरोपित गरेर छुट पाउने ठाउँ नरहेको बताए ।   

उनले शिक्षासम्बन्धी संसदीय समितिको सभापतिसहित प्रतिपक्षी दलले लामो समयसम्म शिक्षा मन्त्रालयको नेतृत्व गरेको भए पनि शिक्षा ऐन टुंग्याउन नसकेको आरोप लगाएका छन्   । सडकमा सुरक्षाकर्मी र शिक्षकहरूको बिचमा झडप गराएर घाइते हुने स्थितिको सिर्जना गरेर मात्र समस्याको हल निकाल्न नसकिने उनको भनाइ छ ।  

उनले भने, ‘आजको प्रतिपक्ष सबैभन्दा बढी शिक्षा मन्त्रालय सम्हालेको र शिक्षा समितिको सभापति अहिलेको प्रतिपक्षी दलको सांसद नै रहनुभएको तथ्य पनि हाम्रो अगाडि छ । तरपनि हामी यो शिक्षा ऐनलाई टुंगोमा पुर्‍याउन सकिरहेका छैनौँ । अहिले सत्तापक्षले प्रतिपक्षमा भएको सभापतिलाई प्रतिपक्षले सत्तापक्षलाई आरोपित गरेर छुट पाउने ठाउँमा छौँ जस्तो मलाई लाग्दैन । सडकमा सुरक्षाकर्मी र शिक्षकहरूको बिचमा झडप गराएर घाइते हुने स्थितिको सिर्जना गरेर हामीले छुट पाउने परिस्थिति छैन । अहिले संसदीय उपसमितिमा छलफलकै क्रममा रहेको विधेयकलाई टुंग्याउनको लागि हामी सबैको सामूहिक प्रतिबद्धता खाँचो छ भन्ने मलाई लागेको छ ।’

उनले शिक्षकहरूका जायज मागहरू पूरा गर्दै प्रभावित भइरहेको नियमित शैक्षिक गतिविधिहरूलाई सुचारु गर्न सकारात्मक सहयाेग आजको आवश्यकता भएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?