सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस् : रामहरी खतिवडा 

लोकपथ
259
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।  प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् । 

उनले शिक्षकहरू कांग्रेस, एमाले र माओवादीका मात्र नभई समग्र देशकाे भएको उल्लेख गर्दै शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भीर हुन जरुरी रहेको बताए । 

उनले शिक्षकहरूका जायज माग सम्बोधन गर्ने विषयमा नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले संसद्मा जवाफ दिने वातावरण बनाउनुपर्नेमा उनको जोड छ । 

उनले भने, ‘शिक्षक नेपाली कांग्रेस, एमाले र माओवादीका मात्र होइनन् सम्पूर्ण देशका हुन् र सबैलाई पढाउने शिक्षक हुन् । उहाँहरुलाई दिनैपिच्छे बानेश्वरको किनारमा जुलुस निकाल्ने, पानीको फोहोरा खुवाउने र गीत गाउने रूपमा व्यवस्थापन नगरियोस् । तुरुन्त विद्यालयमा पठाउने व्यवस्था गरियोस् । उहाँका मागहरू सम्बोधन गर्नतिर सरकार लोगस् । र नवनियुक्त शिक्षामन्त्रीले यहाँ आएर त्यसको जवाफ दिने वातावरण सिर्जना होस् ।’

उनले गभर्नर नियुक्त नभएर अर्थतन्त्रमा परेको असरबारे व्याख्या गर्नै नसक्ने स्थिति सिर्जना भएको बताए । उनले सरकारले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेर गभर्नर नियुक्त गर्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?