काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर तथा पदस्थापन गरेको छ ।
गृह मन्त्रालयका अनुसार, रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई गृह मन्त्रालय तानेर त्यहाँ श्यामकृष्ण थापालाई पठाइएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी रहेका थापालाई रामेछापको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको हो ।
तनहुँमा भने सहसचिव रामकृष्ण अधिकारीलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
यसैगरी, गृह मन्त्रालयमा रहेका बद्रीनाथ गैह्रेलाई दैलेखको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी एवं उपसचिव नवराज जैसीलाई गृह मन्त्रालय तानिएको छ ।
यस्तै, गृह मन्त्रालयका सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काजका लागि पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया