श्रीमानसँगको विवादपछि बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाइन्

लोकपथ
2k
Shares

काठमाडौं । काठमाडौंको बालाजुमा एक महिलाले श्रीमानसँगको विवादमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन् ।

बालाजुस्थित जागृति टोल बस्ने ४५ वर्षीया बिना श्रेष्ठले आइतबार राति करिब १० बजेतिर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए । 

नयाँबजारस्थित पिपल्स अस्पतालमा उपचार भइरहेका उनको पेट, छाती र बायाँ हात जलेको छ । उनको करिब २५ प्रतिशत भाग जलेको चिकित्सकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?