१० वर्षभित्र नेपाललाई एशियाको समृद्ध मुलुक बनाइने

गुलरिया, बर्दिया, १९ कात्तिक – भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले बर्दियामा पुलपुलेसा, कृषिको आधुनिकीकरण, किसानको समृद्धि, सुविधासम्पन्न विद्यालय तथा स्वास्थ्योपचार केन्द्रको सञ्चालन गरी बर्दियाली जनताको जीवनलाई सुखी र सम्पन्न बनाइने बताएका छन प्रेस क्लब अफ नेपालले राजापुर नगरपालिका–२ जोतपुरमा आयोजना गरेको साक्षात्कारमा प्रतिनिधिसभा बर्दिया २ का उम्मेदवार दहितले मंसिरको चुनावपछि काँग्रेसको नेतृत्वमा सरकार बनेमा १० वर्षभित्र नेपाललाई एशियाको समृद्ध मुलुक तथा बर्दियालाई विकासको नमुना जिल्ला बनाइने प्रतिबद्धता व्यक्त गरे शिक्षा, सडक, रोजगारी, उद्योेगधन्दा, व्यापार तथा स्वास्थ्य हरेक हिसाबले नेपाल समृद्ध बनाउने प्रष्ट पारे मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनाव लोकतन्त्रको संस्थागत विकास, समृद्धि, राष्ट्रियताको प्रवद्र्धन, स्वतन्त्रता र दिगो शान्तिसँग जोडिएको धारणा राख्दै मन्त्री दहितले लोकतान्त्रिक शक्तिले जितेमा मात्र गरीब–धनी, किसान–मजदुर, कर्मचारी–शिक्षक, व्यापारी– बुद्धिजीवी सबैको मौलिक हकको सुरक्षा, आत्मसम्मान र पहिचानलाई संस्थागत गर्न सकिने धारणा राखे कार्यक्रममा प्रदेशसभाका लागि काँग्रेसको प्रत्यक्ष तर्फका उम्मेदवार नाचुराम थारु, प्रतिनिधिसभामा समानुपातिकका उम्मेदवार मालती सोडारी, काँग्रेस बर्दियाका सहसचिव प्रेमलाल थारु र जिल्ला सदस्य कमलप्रसाद रेग्मीले युवा, विद्यार्थी, महिला, मुक्त कमैया, भूमिहीन र सुकुम्वासीलाई अधिकारसम्पन्न बनाउन र लोकतन्त्र बचाउन काँग्रेसलाई विजयी गराउन सबैमा अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?