काठमाडौं । पाटन मल्टिपल क्याम्पसमा पेड इन्टर्नसिप कार्यक्रमको औपचारिक सुरुवात भएको छ ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय समितिको समन्वय र नेविसंघ पाटन क्याम्पस इकाई समितिको पहलमा इन्टर्नसिप अभियान सञ्चालन हुने भएको हो ।
पाटन क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई अध्ययनसँगै व्यावहारिक अनुभव दिने उद्देश्यले ल्याइएको यो अभियानले क्याम्पसमा विद्यार्थीहरुले नयाँ उत्साह सिर्जना गरेको छ।
नेवि संघ पाटन क्याम्पस नेता रोहित कपाली भन्छन्, ‘विद्यार्थीको दक्षता विकास र भविष्य निर्माणमा सहयोग पुर्याउने हाम्रो दीर्घकालीन योजना अनुसार यो पेड इन्टर्नसिप सुरु गरिएको हो । विद्यार्थीहरूले अब पढाइसँगै आम्दानीको अवसर समेत पाउनेछन्, जसले उनीहरूलाई अझ आत्मनिर्भर बनाउन मद्दत गर्नेछ।’
यस्तै, नेविसंघ पाटन क्याम्पसका अध्यक्ष तारा शर्माले पनि यस अभियानको खुलेर प्रशंसा गरे। उनले भने, ‘पठनपाठन मात्र होइन, व्यवहारिक सीप विकासका लागि पनि यस्तो कार्यक्रम अपरिहार्य थियो । पाटन क्याम्पसमा यस्तो पहल हुनु गौरवको कुरा हो । हामी अझ धेरै विद्यार्थीलाई अवसर दिन प्रतिबद्ध छौँ ।
त्यस्तै, नेवि संघ केन्द्रीय समिति सदस्य तथा इन्टर्नसिप कोअर्डिनेटर पारस बस्नेतले इन्टर्नसिप कार्यक्रमबारे सकारात्मक धारणा राख्दै भने, ‘पाटन क्याम्पसमा अध्ययनरत विद्यार्थीले अब अध्ययनसँगै काम गरेर आम्दानी गर्न सक्नेछन् । हामीले पठन–पाठन र पेसागत क्षमताबिच सन्तुलन कायम गर्न प्रयास गरेका छौँ।’
पाटन मल्टिपल क्याम्पस प्रशासनले समेत पेड इन्टर्नसिप कार्यक्रमलाई सकारात्मक रूपमा स्वागत गरेको छ र भविष्यमा अझै फराकिलो ढंगले विस्तार गर्ने योजना बनाइरहेको जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया