शिक्षक आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे माधव नेपाल

लोकपथ
1.3k
Shares

काठमाडौं । २७ दिनसम्म आन्दोलनरत रहँदा समेत माग पूरा नभएपछि शिक्षकहरुले आज पनि आन्दोलन गरिरहेका छन् ।

सोमबारको आन्दोलनमा पूर्व प्रधानमन्त्री समेत रहेका विपक्षी दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुगेका छन् ।

केहीबेरअघि पूर्वप्रधानमन्त्री नेपाल माइतीघर बानेश्वर एरिया पुगेर शिक्षकहरुको मागप्रति ऐक्यबद्धता जनाएका हुन् । सो क्रममा उनले शिक्षक महासंघका प्रतिनिधिसँग भेटघाट समेत गरे । उनले यसअघि नै शिक्षकहरुका जायज माग पूरा नभए आन्दोलनले कडा रुप लिने चेतावनी समेत दिएका थिए ।

आन्दोलनमा ऐक्यबद्धता जनाउन पूर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसहित अन्य नेताहरु समेत पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?