काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले रिजल्ट दिने काम गर्नुपर्नेमा जोड दिएका छन् ।
पूर्वमन्त्री समेत रहेका महामन्त्री थापाले आफूहरु केवल सरकारमा बस्नका लागि मात्र नभइ काम गर्नका लागि गएको बताए ।
सोमबार नेपाली कांग्रेस उद्योग विभागले गरेको अन्तर्क्रियामा बोल्दै उनले सो कुरा बताएका हुन् ।
‘सरकार भनेपछि बस्नका लागि मात्र भएर हुँदैन, सरकारले काम गर्नुपर्छ, परिणाम दिनुपर्छ । रिजल्ट चाहिन्छ । हामी त रिजल्टमा काम गर्न चाहन्छौँ,’ महामन्त्री थापाले भने ।
त्यस्तै अहिले नेकपा एमालेसँग आफूहरु गठबन्धनको सरकारमा रहेको बताउँदै तत्काल आफूहरु नयाँ कोर्षमा जाने काममा नलाग्ने समेत बताए ।
‘हामी अहिले नेकपा (एमाले) सँग सरकारमा छौं, कांग्रेसको तर्फबाट हाम्रो प्रतिबद्धता छ- हामी तलमाथि कुनै पोलिटिकल एड्भेन्चरमा लाग्दैनौं, यसलाई सहज ढंगबाट अघि बढाउँछौँ, तर यो समयको हामी प्रयोग गर्न चाहन्छौं,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया