चिकित्सा शिक्षा आयोगको बैठक आज, आवासीय चिकित्सकको आन्दोलन मुख्य एजेण्डा

लोकपथ
189
Shares

काठमाडौं । चिकित्सा शिक्षा आयोगको १९औँ बैठक आज सिंहदरबारमा बस्ने भएको छ। बिहान ११ बजे प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

बैठकमा हाल चर्किएको आवासीय चिकित्सकको आन्दोलनमाथि विशेष छलफल हुने जनाइएको छ। निजी मेडिकल कलेजमा पोष्ट ग्राजुएट (पीजी) तहमा अध्ययनरत चिकित्सकहरूले सरकारी सरहको निर्वाह भत्ता नपाएको भन्दै आन्दोलन चर्काएका छन् ।

सरकारले निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७३७ रुपैयाँ बराबरको निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर, साढे दुई महिना बितिसक्दा पनि अधिकांश निजी मेडिकल कलेजहरूले सो निर्णय कार्यान्वयन नगरेपछि चिकित्सकहरू आक्रोशित भएका छन्।

आन्दोलन झन् तीव्र पार्दै आवासीय चिकित्सकहरूले शुक्रबारदेखि देशभरका निजी मेडिकल कलेजहरूमा सेवा बहिष्कार गरिरहेका छन् ।

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति खोज्न आजको बैठक निर्णायक हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?