काठमाडौं । सशस्त्र प्रहरी जवान विजय जंंगमले लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झन्डा फहराएका छन् ।
उनले आज आइतबार बिहान ७ बजेर १२ मिनेटको समयमा ६ हजार १ सय मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराएका हुन् । उनी लोबुचे हिमाल आरोहणका लागि यही वैशाख २ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
पछिल्लो समय सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली भेगहरूमा खोज तथा उद्धार गर्न सक्ने जनशक्तिको विकासमा तथा उत्तरी सिमानामा सशस्त्र प्रहरी बलको परिचालनमा जोड दिँदै आइरहेको छ ।
मनाङ जिल्लामा रहेको पर्वतीय उद्धार तालिम शिक्षालयमा समेत हिमाली खोज तथा उद्धार गर्न सक्ने जनशक्ति उत्पादनको लागि तालिम सञ्चालन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया