काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले चालु अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने बताएका छन् ।
आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले शिक्षकहरूसँग अहिले वार्ता भइरहेको र के निर्णय हुन्छ भन्नेबारेमा पर्खिनुपर्ने भन्दै शिक्षकका माग पूरा हुनुपर्नेमा कांग्रेस सकारात्मक रहेको बताए ।
उनले भने, ‘शिक्षकहरूसँग वार्ता भइरहेको छ । के निर्णय हुन्छ मलाई थाहा छैन । वार्ता भइरहेको छ । यो अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पास हुनुपर्छ । हामी पोजेटिभ दृष्टिकोण राख्छौँ ।’
गत वर्षको चैत्र २५ गतेदेखि शिक्षकहरूले विद्यालय शिक्षा विधेयकको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया