काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शिक्षकका मागहरू पूरा गर्न सरकारलाई दबाब दिन जरुरी रहेको बताएका छन् । आइतबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले अहिले आफूहरू प्रतिपक्षमा रहेको र शिक्षकका मागहरू पूरा गराउन कसरी आवाज उठाउन सकिन्छ भन्ने योजनाका लागि छलफल गर्ने सोच बनाइरहेको बताए ।
उनले सरकारलाई शिक्षकका माग पूरा गर्न दबाब दिन जरुरी रहेको उल्लेख गर्दै सरकारले शिक्षकका माग पूरा गर्न आवश्यक ध्यान नदिएको आरोप लगाए ।
उनले भने, ‘अहिले हामी प्रतिपक्षहरू बसेर संसद्मा त्यसको आवाज उठाउन केके तरिका अपनाउन सकिन्छ भनेर छलफल चलाउने सोचिरहेका छौँ । सरकारलाई दबाब दिन जरुरी छ । सरकारले आवश्यक ध्यान दिएको देखिँदैन । सरकारका यत्रो आवाजलाई पोजेटिभ रूपमा लिएर राम्रोसँग हल गर्ने कुरामा अग्रसरता लिनुपर्छ ।’
अध्यक्ष नेपालले शिक्षकको ठुलो आवाजलाई समेत सरकारले सकारात्मक रूपमा लिएर समाधानका लागि अग्रसरता नदेखाएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया