करेन्ट लागेर एक जनाको मृत्यु

लोकपथ
0
Shares

बारा । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आदर्शकोतवाल गाउँपालिका–८ बोहा टोल बस्ने ४५ वर्षीय चनर मुखियाको करेन्ट लागेर शनिबार राति मृत्यु भएको हो । 

आफ्नै खेतमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?