काठमाडौं । संघीय संसद् अन्तर्गत आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको छ ।
आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति बिमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’पेश गर्ने कार्यसूची रहेको छ।
आजकै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथी विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया