काठमाडौं महानगरमा आज शोक बिदा

लोकपथ
1.7k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (आइतबार) शोक बिदा दिएको छ । पञ्चायतकालका पूर्वउपप्रमुख तीर्थराम डंगोलको निधन भएको शोकमा महानगरपालिकाले आज शोक बिदा दिएको हो ।

महानगरले एक सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक महानगर र मातहतका सबै कार्यालयमा शोक बिदा रहेको जनाएको छ ।

७७ वर्षको उमेरमा शुक्रबार राति उपचारका क्रममा डंगोलको मृत्यु भएको थियो । डंगोल लामो समयदेखि प्रोष्टेट क्यान्सर र मिर्गौला समस्याबाट पीडित थिए । नेवारी परम्पराअनुसार शनिबार नै उनको अन्त्येष्टि गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?