पूर्व प्रधानमन्त्री डा.भट्टराई भारत प्रस्थान

लोकपथ
294
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् ।

अध्यक्ष डा.भट्टराई  प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिका रूपमा सहभागी हुन आज भारत गएको पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिइन् । आइतबारदेखि भारतको फरिदावादमा समाजको अधिवेशन सुरु हुँदैछ ।

डा.भट्टराईका साथ  उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी र सचिव एवं प्रवास प्रदेशअन्तर्गत भारतका इन्चार्ज सन्देश कार्की सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?