खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

लोकपथ
616
Shares

इलाम । हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ  गरेको छ । माई नगरपालिका–४ सिंजालीटार बस्ने ५२ वर्षीया भूमिका चापागाँईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४२ वर्षीय शान्तिराम दुलाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो  । 

दुलालले धारिलो हतियार खुकुरी प्रहार गर्दा भूमिका गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

गम्भीर घाइते भएकी भूमिकाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?