औद्योगिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्न जरुरी : अध्यक्ष ढकाल

लोकपथ
112
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादका विषयमा सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् । 

शनिबार काठमाडौंमा ‘बौद्धिक सम्पत्ति दिवस’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा उत्पादित कतिपय वस्तुहरूको ट्रेडमार्कमा मिल्दो जुल्दो ब्राण्ड देखिने गरेको बताए । 

बौद्धिक सम्पतीसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूले विशेष उद्योगको रूपमा अगाडि बढ्दै गरेको गीतसंगीतको क्षेत्रमा लागेकाहरूलाई रचनात्मक सहयोग पुग्ने उनको भनाइ छ ।  विश्व बौद्धिक संगठनहरुले तय गर्ने बौद्धिक सम्पतीसम्बन्धी नाराले पनि बौद्धिक सम्पत्ति अधिकार तथा नवप्रवर्तनलाई रचनात्मक प्रोत्साहन मिल्ने उनको भनाइ छ । 

अध्यक्ष ढकालले ट्रेडमार्क तथा ब्राण्डको ठुलो मूल्य हुने भएकाले औद्योगिक सम्पत्तिको पेटेन्ट राइटको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?