बुद्धका विचारलाई संसारभर अघि बढाउने बेला आयो : प्रधानमन्त्री ओली

लोकपथ
98
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति आजको आवश्यकता भएको बताएका छन्  । शनिबार लुम्बिनीमा चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  ।

उनले अहिले युद्धका बादलहरू मडारिरहेको उल्लेख गर्दै दुनियाँ कहीँ युद्धतिर त जाँदैन ? भन्ने डर रहेको बताए । त्यसका लागि पनि शान्तिको आवश्यक अपरिहार्य रहेको उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले युद्ध गर्नका लागि पर्याप्त सैन्य शक्ति, सैन्य शक्तिलाई परिचालन गर्नका लागि जल, स्थल र आकाश सबै ठाउँबाट प्रहार गर्न सकिने, सबै ठाउँमा युद्ध लड्न सकिने, हतियारहरूको निर्माण भएको उल्लेख गरे ।

खतरनाक हतियारहरूको निर्माण भएको भन्दै यो विश्व शान्तिका लागि एउटा चुनौती भएको बताए । यसलाई रोक्न आवश्यक रहेको बताउँदै युद्धबाट युद्धले शान्ति स्थापना गर्न नसक्ने उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले भने, ‘शान्ति आजको बढी आवश्यकता हो । किनभने आज दुनियाँमा युद्धका बादलहरू मडारिरहेका छन् । दुनियाँ कहीँ युद्धतिर त जाँदैन ? युद्ध गर्नका लागि पर्याप्त सैन्य शक्ति, सैन्य शक्तिलाई परिचालन गर्नका लागि जल, स्थल र आकाश सबै ठाउँबाट प्रहार गर्न सकिने, सबै ठाउँमा युद्ध लड्न सकिने, हतियारहरूको निर्माण भएको छ । खतरनाक हतियारहरूको निर्माण भएको छ । यो विश्व शान्तिका लागि एउटा चुनौती हो । यसलाई रोक्ने कुरा आवश्यक छ । म भन्न चाहन्छु, हतियारले, युद्धबाट युद्धले शान्ति स्थापना गर्न सक्दैन । युद्धबाट युद्ध, युद्धमाथि युद्ध थोपरिएर, हिंसा माथि हिंसा थोपरिएर, अझ ठुलो हिंसा थोपरिएर हिंसा र विनाश थोपरिएर शान्तिको सम्भावना हुँदैन । यस कारण विश्वभरका सचेत र शान्तिप्रिय मानिसहरूको शान्तिका निम्तिको आकंक्षा महत्त्वपूर्ण छ ।’ प्रधानमन्त्री ओलीले युद्धमाथि युद्ध र हिंसा माथि हिंसा थपेर शान्त प्राप्त नहुने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?