बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माणको तयारीमा छौँ : उद्योग मन्त्री भण्डारी

लोकपथ
630
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको बौद्धिक सम्पत्तिसम्बन्धी कानुनलाई सरकारले नयाँ ढंगबाट अगाडि बढाउने तयारी गरिरहेको बताएका छन् ।  

शनिबार काठमाडौंमा ‘बौद्धिक सम्पत्ति दिवस’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।मन्त्री भण्डारीले विश्वव्यापी बौद्धिक सम्पत्तिको सन्दर्भमा नेपालमा नयाँ कानुन आवश्यक भएको बताए ।

नेपाली मौलिकतासँग जोडिएका विषयहरूलाई लिपिबद्ध गरी पेटेन्ट राइटलाई सुरक्षित गर्ने गरी कानुन निर्माण प्रक्रियामा सरकार लागेको बताए । उनले समितिमा छलफलमा रहेको बौद्धिक सम्पतीसम्बन्धी कानुन छिट्टै मन्त्रिपरिषद्मा निर्णय गराएर संसद्मा प्रवेश गराउने तयारीमा लागेको बताए । पेटेन्ट राइटबारे अहिले भइरहेको कानुनले सम्बन्धित विषयमा आएका उजुरीका विषयमा मात्रै अल्झाइरहेको उनको भनाइ छ ।

उनले नेपालभन्दा पछाडि परेका कतिपय देशहरू पेटेन्ट राइट सुरक्षित गरेकै कारण विश्व बजारबाट फाइदा लिएर अघि बढ्न सकेको बताए । बौद्धिक सम्पत्तिसम्बन्धी नेपालको कानुनलाई व्यवसायी र सरकारको फरक बुझाइ तथा न्यायालयले गर्ने फरक व्याख्याका कारण पनि समस्या भएको उनको भनाइ छ ।

मन्त्री भण्डारीले पर्खाले सिर्जना गरेका कतिपय बौद्धिक सम्पत्तिको नाममा संस्था खोलेर त्यसको परिचय दिए पनि पेटेन्ट राइट सुरक्षित गर्न कसैको ध्यान जान नसकेको बताए । उनले विदेशीको डिजाइन र  पेटेन्टलाई नक्कल गरेर वस्तु बजारमा पठाउँदा आफ्नै आविष्कार, डिजाइन तथा उत्पादनमा पछि परेको बताए । उनले पेटेन्ट राइटका लागि पर्खाले छोडेर गएका अनेकौँ संस्कृतिसँग जोडिएका विषय वस्तु भएको उनको भनाइ छ । कतिपय पेटेन्ट राइटका विषयहरू दर्ता गरेर त्यसको नवीकरण नगर्दा समस्या देखिएको बताए ।

उनले कुनै पनि विषय वस्तुलाई बौद्धिक सम्पत्तिको रूपमा विकास गर्न र पेटेन्ट राइटको सुरक्षा गर्न निजी क्षेत्रले आफ्नो उत्पादन तथा आविष्कारलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?