एमालेलाई कमजोर देखाउने कोसिस भइरहेको छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

लोकपथ
252
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने बताएका छन् । 

शनिबार ललितपुरमा मनमोहन अधिकारीको २६ औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  । उनले एकातिर दक्षिण-पूर्व-पश्चिम १८ सय किलोमिटर सीमा जोडिएको छिमेकी भारत र अर्कोतिर उत्तरमा १४ सय किलोमिटर सिमाना जोडिएको चीन रहेको बताए  । 

चीनसँगको सिमाना हिमालले पर्खाल सरह काम गरेको भए पनि भारतसँग खुला सिमाना रहेको बताए । भारतसँग विगतमा भएका सन्धी, सम्झौतहरु अद्यावधि हुन नसकेको उल्लेख गरे । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालले आफूलाई राष्ट्रिय स्वाधीनता, स्वाभिमानको लागि, अखण्डताको लागि कतिपय कुरामा गम्भीरताका साथ सोच्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । 

एमालेले आफ्ना अठोट, संकल्प, उद्देश्यमा समर्पित भएर लागि रहनुपर्ने जरुरी रहेको बताए । नेपालको राजनीतिमा अनेक समस्याहरू छन् भन्ने हिसाबले चित्रण गर्ने र नेकपा एमालेलाई कमजोर देखाउने कोसिस भइरहेको उनको भनाइ छ ।  

उनले एमाले जहिले पनि प्रतिकुलतासँग जुध्दै अघि बढेको पार्टी भएको जिकिर गरे । एमालेलाई आफ्नो भूमिकाबाट च्युत गराउनको लागि चौतर्फी कोसिस भइरहेको बताए  ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मनमोहन अधिकारी नेपालका कम्युनिष्ट पार्टीहरू भन्दा पनि ज्येष्ठ कम्युनिष्ट भएको बताए । मनमोहन अधिकारी कम्युनिष्ट पार्टीहरूको अभिभावक भएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?