सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

लोकपथ
1.1k
Shares

काठमाडौं । भारत काश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । शनिबार नेपाल नागरिक अभियानले काठमाडौंस्थित पाकिस्तानी दूतावासको अगाडि प्रदर्शन गरेको हो । 

आतङकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए । सो घटनाको विरोधमा नआतङ्कवादविरुद्ध ऐक्यबद्धता जनाउँदै पाकिस्तानी दूतावास अघि प्रदर्शन भएको छ । 

उनीहरूले हिन्दुको हत्या बन्द गर, पाकिस्तानी सेना मुर्दावाद, आतंकवाद मुर्दातावाद, आतंककारीलाई कारबाही गर, मानवताको रक्षा गर लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?