सम्पदामा राजनीति नगरौँ : उपप्रमुख डंगोल

लोकपथ
630
Shares
फाइल तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सम्पदामा राजनीति गर्न नहुने बताएकी छन् । शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौंं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।  

सम्पदा क्षेत्रभित्र जियो पोलिटिक्स नभई नेपाली नै सहभागी हुनुपर्ने बताइन्  । उनले सम्पदा निर्माणमा नेपालीकै लगानी गर्न राम्रो हुने उनको भनाइ छ । उनले सम्पदा संरक्षमा गर्व गर्न लायक काम हुनुपर्ने बताइन्  । सम्पदाहरू  नेपालीले बनाएको हो भन्ने उदाहरण हुनुपर्नेमा महानगरले जोड दिइरहेको बताइन् ।  

उपप्रमुख डंगोलले भने, ‘सम्पदा निर्माणमा लगानी महानगरपालिकाको होस् वा सरकारको होस् । हामीले यो चाहिँ नेपाली आफैँले बनाउनु पर्छ है । यसमा हाम्रो हरेक लगानी हाम्रा नेपालीहरूकै हुनुपर्छ । भोलि समय बित्दै गइसकेपछि भूकम्पपश्चाद् कसले कसले केके गरे ? भन्दा हाम्रो सम्पदा क्षेत्रभित्र जियो पोलिटिक्स होइन, हाम्रो सम्पदा क्षेत्रभित्र हाम्रो सहभागिता हुनुपर्छ । हामीले गर्व गर्ने ठाउँ हुनुपर्छ । यो नेपालीले बनाएको हो भन्ने उदाहरण हुनुपर्छ भन्नेकुरामा सदैव जोड दिइरहेका छौँ ।’

उपप्रमुख डंगोलले सस्तो टेण्डरमा सम्पदा पुनः निर्माण गर्न दिँदा सम्पदा संरक्षणमा कठिनाइ भइरहेको बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?