माओवादीले संसदमै माग्यो प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण

लोकपथ
2.3k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनि गर्न माग गरेको छ ।

आजबाट सुरु भएको संसद्को छैटौँ अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै माओवादी सांसद वर्षमान पुनले सम्पत्ति विवरणको कुरा उठाएका हुन् ।

सरकार गठनको १० महिना बित्दा समेत सम्पत्ति विवरण सार्वजनिक नगरिएको भन्दै कहिले सार्वजनिक गर्ने भन्दै प्रश्न गरे ।

‘सरकार गठनको १० महिना बित्दा समेत प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन । यसमा किन गाह्रो भएको हो सरकार ? कति सम्पत्ति वृद्धि गरेपछि सार्वजनिक गर्ने योजनामा हुनुहुन्छ ? कृपया जानकारी गराइदिनुहोला,’ उनले भने ।

त्यस्तै सरकार गठन गर्दा संविधान संशोधनबारे कुरा समेत चल्न छाडेको भन्दै आक्रोश व्यक्त गरे ।

‘सरकार गठन गर्दा भनिएको सरकार गठनको प्रक्रियामा सिन्को समेत भाँचिएको छैन । सुशासनको धज्जी उडाउने काम भएको छ,’ उनले भने ।

त्यस्तै प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको सुशासन आयोगबारे समेत प्रश्न उठाए । सुशासन कायम गर्न कायम रहेका विभिन्न संवैधानिक निकायहरुप्रति सरकारको विश्वास नभएर उक्त आयोग गठन गरेको हो भन्दै टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?