सत्ता समीकरण फेरबदलबारे के भन्छन् देउवा ?

लोकपथ
392
Shares

काठमाडौं । मुख्य सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनको हल्ला मात्रै रहेको स्पष्ट पारेका छन् ।

थाइल्याण्डबाट भ्रमण सकेर शुक्रबार दिउँसो स्वदेश फर्किएका सभापति देउवाले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सो कुरा बताएका हुन् ।

देउवा थाइल्याण्डबाट फर्किएपछि सरकार परिवर्तन हुने चर्चा चलेको थियो ।

सोही सन्दर्भमा विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नमा सभापति देउवाले भने, ‘सत्ता गठबन्धन जे छ ठिक छ । खटपट पनि केही भएको छैन ।’

त्यस्तै सत्ता समीकरण नै परिवर्तन हुन्छ भन्ने छ नि अहिले भन्ने सञ्चारकर्मीको प्रश्नमा पुनः देउवाले भने, ‘कसले भन्यो मलाई त थाहा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?