‘विकास निर्माणका योजनाहरूलाई भूकम्पलगायतका प्रकोपहरू धान्न सक्ने गरी निर्माण गर्न जरुरी’

लोकपथ
84
Shares
फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री रमेश लेखकले व्यक्तिगत आवास तथा विकास निर्माणका योजनाहरूलाई भूकम्पलगायतका प्रकोपहरू धान्न सक्ने गरी निर्माण गर्न जरुरी रहेको बताएका छन् । 

शुक्रबार काठमाडौंको धरहरामा आयोजित भूकम्प स्मृति दिवसलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् प्रकृतिसँग अनावश्यक खेलवाड गर्न नहुनेमा उनको जोड छ । उनले विपद् निम्तिने गरेर प्रकृतिलाई चलाउन नहुने समेत बताए । 

उनले भूकम्प लगायतका सम्भावित प्रकोपहरूलाई मध्यनजर गर्दै गुणस्तरीय भौतिक संरचना निर्माण गर्नु आजको आवश्यकता रहेको पनि बताए । जुनसुकै बेला भूकम्प आउनसक्छ भन्ने मानसिकताका साथ काम गर्न समेत उनले सबैलाई आग्रह गरे । 

उनले भने, ‘हामीले प्रकृतिसँग खेलवाड गर्नु हुँदैन । प्रकृति आफ्नै नियममा रहन्छ । प्रकृतिलाई आफ्नो लागि प्रयोग गर्नु हुँदैन । कमसेकम विपद् निम्तिने गरेर प्रकृतिलाई चलाउनु हुन्न । हामीले जोखिम आउन सक्ने सम्भावनाहरू भएको हुनाले भौतिक संरचना निर्माण गर्दा त्यही गुणस्तर र त्यही मजबुतका साथ निर्माण गर्न जरुरी छ । व्यक्तिगत भवन तथा आवासहरू अथवा योजनाहरू उच्च गुणस्तरको र भूकम्पजस्ता प्रकोप र विपद्हरूलाई धान्नसक्ने बनाउन जरुरी छ । मैले पटक पटक भन्ने गरेको छु । जुनसुकै बेला जेसुकै हुनसक्छ । जुनसुकै बेला भूकम्प आउनसक्छ । किनभने कुनै पूर्वानुमानले काम गर्दैन । अहिले पनि भूकम्प आउनसक्छ । त्यस कारण जुनसुकै बेला भूकम्प आउनसक्छ भन्ने मानसिकताका साथ तयारी गर्न जरुरी छ ।’

सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणको लागि सरकार क्रियाशील रहेको मन्त्री लेखकको भनाई छ । उनले कुनै पनि प्रकारको विपद्को सामना गर्न सरकार प्रतिबद्ध रहेको दाबी गरे । उनले अगामी आर्थिक वर्षको बजेटमा भूकम्प लगायतका विपद्हरूको सामना गर्न स्थानीय तहलाई सशक्त बनाउने गरी ल्याइने समेत बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?