काठमाडौं । गत चैत १५ गते राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनका क्रममा आगजनीमा संलग्न थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेका ४० वर्षीय मनोज भन्ने मिनोज थापा रहेका छन् ।
उनलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
एसपी बोहराका अनुसार तीनकुनेमा निजी सम्पत्तिमाथि तोडफोड तथा आगजनी गर्ने कार्यमा उनको प्रत्यक्ष संलग्नता रहेको खुलेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउन महाअभियानले सो दिन तीनकुनेमा प्रदर्शन गरेको थियो । सो क्रममा २ जनाको मृत्यु भएको थियो । उक्त घटनाका दोषी मानिएका प्रसाईँलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया