शैक्षिक हडतालको २३ औँ दिन : नाराबाजी र नाचगान छाडेर रक्तदान गर्दै शिक्षकहरू

लोकपथ
1.6k
Shares

काठमाडौं । २३ दिनदेखि शैक्षिक हडताल गरेर आन्दोलनमा उत्रिएका सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरूले आज बिहीबार सडकमै रचनात्मक कार्यक्रम गरेका छन् । 

शिक्षा ऐन जारी गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी र सडकमै नाचगान गर्दै आएका उनीहरूले आज बिहीबार रक्तदान कार्यक्रम गरेका छन् । उनीहरूले बबरमहल–नयाँबोनश्वर सडक खण्डमा रक्तदान कार्यक्रम गरेका हुन् ।

शिक्षक र कर्मचारीमैत्री एन जारी गर्न माग गर्दै उनीहरू चैत २० गतेदेखि निरन्तर आन्दोलनमा छन् । शिक्षक महासंघको अगुवाइमा जारी आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौंमा भेला भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?