शशांक निवासमा जारी चियापानमा अरूलाई बाहिर राखेर ६ भाइको गोप्य बैठक

लोकपथ
13.1k
Shares

काठमाडौं । कांग्रेस नेता शशांक कोइरालाले महाराजगन्जस्थित आफ्नो निवासमा चियापान कार्यक्रम आयोजना गरेका छन् । 

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका शशांक कोइरालाले चियापान कार्यक्रममा पार्टीका पूर्वपदाधिकारीलगायत नेताहरूलाई निमन्त्रणा गरेका छन् । 

चियापानमा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, प्रकाशशरण महत, एनपी साउद, दिलेन्द्र बडू, पुष्पा भुसाल, दीपक गिरी, अम्बिका बस्नेत, गुरु बराल, नैनसिंह महर, राजीव ढुंगाना, शिव हुमागाईंंलगायत सहभागी छन् ।

चियापानकै बिच शशांक, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजयकुमार गच्छदार र प्रकाशशरण महतबिच छुट्टै बैठकसमेत बसेको छ । आगामी महाधिवेशनमा छुट्टै समूह बनाउने उद्देश्यले चियापानसँगै नेताहरूले छलफल चलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?