अन्तिम समयमा प्रधानन्यायाधीश राउतको टर्की भ्रमण स्थगित

लोकपथ
805
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको टर्की भ्रमण स्थगित भएको छ ।

आज बिहान ७ बजे प्रधानन्यायाधीश राउत टर्की भ्रमणमा जाने कार्यतालिका रहेको थियो ।

टर्कीको संवैधानिक अदालतको ६३आँे वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागि हुन जाने कार्यक्रम रहेको थियो । तर टर्कीमा गएको भूकम्पपछि प्रधानन्यायाधीश राउतले बिहान ७ बजेको फ्लाइट क्यान्सिल गरेर त्यसतर्फ नगएको सर्वोच्च स्रोतले जनाएको छ ।

टर्कीमा विभिन्न देशका प्रधानन्यायाधीशहरु उपस्थित हुने गरी कार्यक्रम तय गरिएको थियो ।

त्यसो त प्रधानन्यायाधीश राउत विदेश भ्रमण जाने भएसँगै आजको लागि संवैधानिक इजलास तोकिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?