आज राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

लोकपथ
154
Shares

काठमाडौं । आज राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो साढे १ बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्ने भएको छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिका तथा साङ्गठनिक गतिविधिका बारेमा छलफल हुने राप्रपा नेपालले जनाएको छ।

तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेका आस्थाका बन्दीहरूको रिहाइको बारेमा समेत बैठकमा छलफल हुने बताइएको छ। तीनकुने घटनाको बारेमा निष्पक्ष न्यायिक छानबिन आयोग गठन नभएकोमा पार्टी असन्तुष्ट समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?