कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१ गतेदेखि हुने

लोकपथ
1.3k
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नयाँ  परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले भर्खरै नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो ।

तीन सातादेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु राजधानीमा हड्तालमा छन् । सरकारले आफ्ना मागहरू पूरा नगरेसम्म स्कुल नफर्किने अडान शिक्षकहरूको छ ।

शिक्षक आन्दोलनका कारण बोर्डले हिजो मात्र वैशाख ११ देखि तय गरिएको परीक्षा मिति १० दिन धकेलेर २१ गतेदेखि गर्ने निर्णय गरेको थियो । परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?