कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न पनि कम्तीमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नैपर्छ : सांसद थानी 

लोकपथ
1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न पनि कम्तीमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद थानीले यस्तो बताएका हुन् ।

उनले अवकाश लगत्तै कर्मचारीहरू संवैधानिक र राजनीतिक नियुक्ति लिएर स्वार्थको खेल खेल्ने प्रवृत्ति कर्मचारीहरूमा हाबी भएको भन्दै यसलाई रोक्न पनि कम्तिका दुई वर्ष कुलिङ पिरियड राख्नुपर्ने जिकिर गरे । 

उनले कुलिङ पिरियड नराख्दा समय समयमा सरकार परिवर्तन हुँदा त्यसको प्रभाव स्थायी सरकारमा समेत पर्ने गरेको बताए । 

उनले टेड युनियनहरुले विधेयकको लागि ७२ घण्टे अल्टिमेटम दिएको उल्लेख गर्दै नासुको विषयमा समेत सहमति गर्नुपर्ने बताए । मंगलबारको बैठकमा दलगत टेड युनियनका प्रतिनिधिहरूले पाँच वर्ष काम गरेका नायव सुब्बालाई एक तह र १० वर्ष काम गरेकाहरूलाई एक श्रेणी बढुवा गर्ने व्यवस्था गर्न माग गरे । 

सांसद थानीले भने, ‘नासुका आँसुमा भन्ने कुरामा टेड युनियनहरुले भन्नुभएको छ । भोलि स्थायी सरकार सडकमा नउत्रियोस् । कुलिङ पिरियडको सम्बन्धमा एक वर्ष राख्नु हुँदैन । जसरी हामी एकोहोरो तरिकाले सरकार सरकारले चलाइराखेका छौँ । त्यस कारण यसको अवधि दुई वर्ष हुनुपर्छ । नियुक्ति गर्ने कुरामा हामीले कुलिङ पिरियड राख्नपर्छ । कर्मचारीलाई कुन दलको र कुन नेताको भन्ने कुरा अन्त्य गर्नपनि कुलिङ पिरियड अनिवार्य छ । कानुन र कूटनीति सेवामा पनि दुई वर्ष राख्नुपर्छ ।’

उनले सरकारको दबाबमा परेर नभई सर्व सहमतिबाट विधेयक पास गर्नुपर्ने बताए । उनले स्थायी सरकार मानिने कर्मचारीहरूलाई सडकमा नआउने गरी ऐन निर्माण हुनुपर्नेमा जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?