नेपालमा रोबर्टो कार्लोस : चढे एक्सपेंग जी सिक्स कार

लोकपथ
3.4k
Shares

काठमाडौं । ब्राजिलका विश्वप्रसिद्ध पूर्व फुटबलर रोबर्टो कार्लोस नेपाल सुपर लिग (एन्पिएल)का विशेष अतिथिका रूपमा नेपाल आइपुगेका छन् । कार्लोस मंगलबार बिहान एनएसएलका विशेष अतिथिका रूपमा नेपाल आइपुगेका हुन् । 

नेपालको अन्तर्राष्ट्रिय खेलकुद सम्बन्ध बिस्तार र नेपाली फुटबललाई विश्वसामु चिनाउन आयोजित नेपाल सुपर लिगमा सहभागी हुन नेपाल आएका कार्लोसको आगमनलाई ऐतिहासिक बनाउने भन्दै सिजी मोटर्सले आफ्नो बहुप्रतिक्षित एक्सपेंग जी सिक्स कार उपलब्ध गराएको छ । 

नेपाल सुपर लिगको आधिकारिक मोबिलिटी पार्टनरका रूपमा रहेको सिजी मोटर्सले विशेष अतिथि कार्लोसलाई आफ्नो एक्सपेंग जी सिक्स इलेक्ट्रिक कार प्रयोगमा ल्याउन दिएको हो । सोही कारमार्फत कार्लोसले काठमाडौंका विभिन्न स्थानको भ्रमण र अवलोकन गर्ने तयारी गरेका छन् । 

कार्लोसको नेपाल भ्रमणलाई सहज, सुरक्षित र सम्मानजनक बनाउन सिजी मोटर्सले सुविधा सम्पन्न एक्सपेंग जी सिक्स कार उपलब्ध गराएको सिजी मोटर्सले जनाएको छ । एक्सपेंग जी सिक्सको अत्याधुनिक प्रविधि र सुरक्षित ड्राइभिङ क्षमताले रोबर्टो कार्लोसको नेपाल यात्रालाई अझै प्रभावकारी बनाउने कम्पनीले जनाएको छ ।

एक्सपेंग जी सिक्सले शून्य देखि १०० किलोमिटर प्रतिघण्टासम्मको वेग केवल ६ दशमलव ६ सेकेन्डमै लिन सक्ने र एक पटक फुल चार्ज गर्दा ४३५ किलोमिटरसम्मको दूरी पार गर्न सकिने जनाएको छ । एक्सपेंग जी सिक्स कारमा १९० किलोवाटको मोटर र ४४० एमएमको टर्क उपलब्ध छ रहेको छ ।

त्यसबाहेक एक्सपेंग जी सिक्स कारले युरोपको सुरक्षा मापदण्डमा एनक्याप फाइभ स्टार रेटिङ प्राप्त गरेको छ जसका कारण उक्त कार कार्लोसको रोजाईमा परेको कम्पनीले दाबी गरेको छ । 

गर्वको क्षण

सिजी मोटर्सले विश्वविख्यात फुटबलर रोबर्टो कार्लोसलाई आफ्ना कार उपलब्ध गराउन पाउनु गर्वको क्षण भएको दाबी गरेको छ । कार्लोसको आगमनले नेपाली खेलकुद क्षेत्रमा खुसी थप्नुका साथै एक्सपेंग जी सिक्स सवारीमा स्वागत गर्न पाउनुसमेत गर्वको विषय रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?