धादिङ । जिल्लाको थाक्रे गाउँपालिकाले जनप्रतिनिधि लगायत शिक्षकहरुका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन उर्दी जारी गरेको छ ।
गत वैशाख ७ गते बसेको गाउँ कार्यपालिकाको १४०औँ बैठकले जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो ।
काठमाडौंमा शिक्षक आन्दोलन चलिरहँदा सामुदायिक विद्यालयमा पढाउने शिक्षकका सन्तान निजी विद्यालयमा पढाउने गरेको भन्दै आलोचना भइरहकेको छ । यसैबिच थाक्रे गाउँपालिकाले सो निर्णय गरेको हो ।
‘मिति २०८२–०१–०७ गतेको १४०औँ बैठकको निर्णयानुसार यस गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघका पदाधिकारी र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफ्नो सन्ततीहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गरी पढाउनुपर्ने निर्णय भएको हुँदा सोही अनुसार गर्नु गराउनुहुन सम्बन्धित सबैमा जानकारीका लागि आदेश अनुसार अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया