ज्ञानेन्द्रको शासन सम्झिदै ओलीले भने– ‘काटिएका टेलिफोनका तार अझै फिर्ता भएका छैन’

लोकपथ
357
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहले ०५८ मा राज्य सत्ता हातमा लिँदा टेलिफोनको तार काटेर अहिलेसम्म फिर्ता नगरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राज्य सत्ता हातमा लिँदा सञ्चार गृहमाथि गोली तेर्स्याएको र टेलिफोनको तार समेत काटेर लगेको र अहिलेसम्म फिर्ता नगरेको आरोप लगाएका हुन् ।  उनले पूर्व राजा शाहलाई मूर्खको संज्ञा दिँदै  उनले विगतमा फालिसकेको र सयौँ वर्ष देशलाई अन्धकारमा राखी जनतालाई बुटले कुल्चिएका प्रतिगामी शक्तिहरू फेरि सल्बलाएको बताए । 

उनले फेरि प्रतिगमन गरेर आउने आँट कस्तो होला रु भन्दै प्रश्न समेत गरे । पूर्वराजाप्रति लक्षित गर्दै उनले २१ औँ शताब्दीमा श्रीपेच लगाएर बस्ने रु भन्दै प्रश्न गरे । २१औँ शताब्दीमा श्रीपेच लगाएर बस्ने रु महाराजाधिराज भएर बस्ने रु हामीलाई हुकुम दिने रु प्रधानमन्त्री ओलीको प्रश्न छ । चैत्र १५ गते पैसा तिरेका गुण्डाहरु सहर ल्याएर उपद्रो मच्चाएको आरोप लगाए । टेलिफोनको लाइन काटेर होइन, तार काटेर लगियो, कस्तो मूर्ख होला, लाइन काटेपछि त सकियो नि प्रधानमन्त्रीको भनाइ छ । नेकपा एमाले जस्तो शक्तिको गर्जन नपुगेर सल्बलाएको टिप्पणी गरे । 

प्रधानमन्त्री ओलीले भने, ‘अब नयाँ पनि देखिए । फेरि हामीले फालिसकेका सयाँै वर्ष देशलाई अन्धकारमा राखेर जनतालाई बुटले कुल्चिएका प्रतिगामी शक्तिहरू अहिले फेरि प्रतिक्रियावादी शक्तिहरू फेरि प्रतिगमन गरेर आउन खोजिरहेका छन् । कत्रो आँट होला । २१औँ शताब्दीमा श्रीपेच लगाएर बस्ने अरे । २१ औँ शताब्दीमा श्रीपेच लगाएर । महाराजाधिराज भएर । हामीलाई हुकुम दिने अरे । जनतालाई । जनता भन्दा माथि, संविधान भन्दा माथि । देश भन्दा माथि । अलिक अप्ठ्यारो पर्‍यो भने १५ गते यिनीहरू नाङ्गिए । अलिक अप्ठ्यारो पर्‍यो भने हामीले खोजेको त संवैधानिक राजतन्त्र । संविधान नमान्ने, कानुन नमान्ने । लोकतन्त्र नमान्ने । खोज्ने के संवैधानिक अरे । संविधान नमानेर संवैधानिक खोज्ने । जनताले भनेको नमान्ने, जनताले बनाएको संविधान नमान्ने, जनताले ल्याएको लोकतन्त्र नमान्ने, जनताको प्रणाली नमान्ने, जनताको सार्वभौम सत्ता नमान्ने । जनताको सर्वोच्चता नमान्ने, जनता शक्तिका स्रोत हुन् भनेर नमान्ने । अनि जनताको चाहना अनुसार । अनि पैसा तिरेका चार वटा गुण्डा शहरमा उतारेर आगो लगाउन लगाएर, मान्छे मार्न लगाएर, तोडफोड गर्न लगाएर, पार्टी कार्यालयहरू, व्यक्तिका घरहरू तोडफोड गर्न लगाएर, व्यापार बिजनेसमा आक्रमण गरेर । अनि देश धेरै बिग्रियो, हामी सपार्न आउँछौँ, मलाई साथ देऊ न । म अगाडि बढ्छु । आह्वान गर्ने । हामीले देखेका छैनौँ, अस्ति ०५८ सालमा ज्ञानेन्द्र शाहका हातमा शासन पुग्दा । हामी सबैलाई थुनेर । टेलिफोनको लाइन काटेर होइन, तार काटेर लगियो । कस्तो मूर्ख होला । लाइन काटेपछि त सकियो नि । तार अहिलेसम्म फिर्ता गरेका छैनन्, ज्ञानेन्द्र शाहले । कहाँ लग्या हो कहाँ लग्या हो । अनि फेरि चाहियो राजतन्त्र । यो भुलभुलैयामा नपरौँ । यस्ताहरू हाम्रो सुदृढ एकता र हाम्रो एमाले जस्तो गर्जन नपुगेर यिनीहरू सल्बलाउन थालेका हुन् । के नयाँ शक्ति भनेको छ, नयाँ शक्तिको तमासा अब देखिएन । कोही पुलिस कुल्चिएर गाडी गुटुटु चलाएर लिएर जान्छन्, पागल हो की सद्दे हो की रु मान्छे मार्न, राज्यको ड्युटीमा उभिएको प्रहरीमाथि मार्न गाडी लिएर जाने रु हामी सही राखेका छौँ । यिनीहरूको प्रोबोकिङलाई, प्रोबोकेसनलाई हामी सहिराखेका छौँ । तर सहनुको एउटा हद हुन्छ भन्ने कुरा जब जनतालाई अवमूल्यन गरिन्छ, हेपिन्छ, तब सहने कुराको हद हुन्छ भन्ने कुरा म चेतावनी पनि भन्न चाहन्छु ।’ प्रधानमन्त्री ओलीले जनतालाई धेरै अवमूल्यन गर्ने कुरा सह्य नहुने चेतावनी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?