२४ कात्तिकबाट फिल्डमा म्यादी , बैंकबाट तलबभत्ता

काठमाडौं, १९ कात्तिक- सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि २४ कात्तिकबाट म्यादी प्रहरी परिचालन गर्ने भएको छ । २४ कात्तिकमा छनोट सकिएपछि उनीहरूलाई खटाइनेछ प्रहरी प्रधान कार्यालयका अनुसार मागभन्दा बढी आवेदन परेकाले जिल्लाजिल्लामा उनीहरूको छनोट भइरहेको छ । ‘जिल्लाजिल्लामा छनोट भइरहेको छ, २४ कात्तिकमा छनोट सकिएपछि आवश्यक निर्देशन दिएर जिल्ला सुरक्षा समितिको योजना मुताबिक उनीहरूलाई कार्यक्षेत्रमा खटाइनेछ,’ प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज न्यौपानेले भने म्यादी प्रहरीले नेपाल प्रहरीलाई सहयोग गर्नेछन् । प्रत्येक मतदान केन्द्रमा म्यादी प्रहरीलाई नेपाल प्रहरीको सहयोगीका रूपमा खटाइनेछ । छनोट सकिएपछि उनीहरूलाई सामान्य सुरक्षा प्रशिक्षण दिइनेछ, राजधानी दैनिकमा खबर छ निर्वाचन सुरक्षामा भर्ना गरिएका म्यादी प्रहरीले पोसाक भत्ता नगदमै पाउने भएका छन् । पोसाक खरिददेखि सिलाइसम्मको प्रक्रियामा आर्थिक अनियमितता हुन नदिन प्रहरी प्रधान कार्यालयले देशभरका म्यादी प्रहरीलाई तलब–भत्ता, रासन र पोसाक खर्चबापतको रकम बैंक खातामार्फत उपलब्ध गराउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?