काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला स्थानमा फोहाेर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ । प्लास्टिकजन्य फोहाेर बाट निस्कने धुवाँ मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभाबी फोहाेर नबाल्न महानगरले आग्रह गरेको हो ।
महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले प्रदूषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताइन्।
महानगरबाट फोहाेर संकलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहाेर विसर्जन गर्न उनले महानगरवासीलाई अनुरोध गरिन्। उद्योग कलकारखानालाई ‘प्रदूषण नियन्त्रण मापदण्ड,२०८१’ अनुसार गर्न पनि विभाग प्रमुख राईले आग्रह गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया