कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

लोकपथ
378
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यसअघि तोकिएकै मितिमा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको बोर्ड बैठकले परीक्षा नरोक्ने निर्णय लिएको हो ।

बोर्डले वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा लिँदैछ । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरू आन्दोलनरत भएपछि परीक्षा हुने नहुने आशंका थियो । शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले गत चैत २० गतेदेखि सडक आन्दोलनसमेत गरिरहेका छन् ।

सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबिच पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन । माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने उनीहरूको अडान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?