काठमाडौं । यमनको राजधानी सानामा अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या १२ पुगेको छ । कम्तीमा ३० जना घाइते भएको हुथी नियन्त्रित स्वास्थ्य अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् ।
हुथीहरूद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार सानाको सबैभन्दा व्यस्त बजारहरू मध्ये एक, शुउब छिमेकको फरवाह बजारलाई लक्षित गरी हवाई आक्रमण गरिएको थियो ।
यो घटना गत बिहीबार राति पश्चिमी यमनको रास इसा इन्धन बन्दरगाहमा भएको घातक अमेरिकी हवाई आक्रमणको केही दिनपछि भएको हो । जसमा ८० जनाको मृत्यु भएको थियो । १७० जना घाइते भएका थिए । इन्धन भण्डारण पूर्वाधारमा व्यापक क्षति पुगेको थियो । जसको परिणामस्वरूप लाल सागरमा इन्धन चुहावट भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया