कक्षा १२ को परीक्षा अन्योलमा, निर्णय गर्न बोर्डको बैठक बस्दै

लोकपथ
2.1k
Shares

काठमाडौं । आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ । बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन सम्बन्धी निर्णय गर्न आज (मंगलबार) बिहान ८ बजेका लागि बैठक बोलाइएको हो ।

वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा संकटमा परेको छ, किनभने परीक्षा व्यवस्थापनमा संलग्न हुने शिक्षकहरू शिक्षा ऐनको मागसहित आन्दोलनमा उत्रिएका छन् । शिक्षक महासंघले परीक्षा बहिष्कार गर्ने निर्णय गरिसकेको छ।

यस्तै, उत्पन्न परिस्थितिको बीचमा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्, जसले शिक्षा क्षेत्रको अनिश्चिततालाई झन् गहिरो बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?