काठमाडौं । चैत १५ को तीनकुने घटनाका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रसहितलाई म्याद थपका लागि आज प्रहरीले तेस्रोपटक अदालत पेस गर्ने भएको छ । मिश्रलगायतलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पेस गर्न लागिएको हो ।
तीनकुने घटनाकै दिन पक्राउ परेका मिश्रलाई यसअघि प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न पहिलोपटक ५ दिन र दोस्रोपटक २४ चैतमा १५ दिनको म्याद पाएको थियो ।
यस्तै, २९ गते पक्राउ परेका दुर्गा प्रसाईंको समेत त्यही म्याद थपमा मिलान गरिएको थियो । मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवलशमशेर जबरालाई भने प्रहरीले स्वास्थ्यका कारण गएराति थुनाबाहिर नै राखेर अनुसन्धान गर्ने भएको छ ।
मिश्रसहित प्रसाईंलाई राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दा चलाइएको छ । संगठित मुद्दामा प्रहरीले ६० दिन थुनामा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया