कर्मचारीको कुलिङ पिरियडमा विभेदकारी नीति राख्न नहुनेमा कांग्रेस सांसद थानीको जोड 

लोकपथ
574
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद ह्रदयराम थानीले कुटनीति र न्याय सेवालाई छुट दिई अन्य सेवामा कुलिङ पिरियड राख्न नहुने बताएका छन् । 

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा बोल्दै उनले संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा विभेदकारी नीति राख्न नहुने बताए । 

उनले सरकारले सबै कर्मचारीहरूलाई समान व्यवहार गर्नुपर्ने बताए । सबै सेवाका कर्मचारीहरूको हकमा कम्तीमा दुई वर्ष कुलिङ पिरियड राख्नु उपयुक्त हुने उनको भनाइ छ । उनले विधेयकलाई टुंगोमा पुर्‍याउन गठित उपसमितिमा पाँच जनाले कुलिङ पिरियड एक वर्ष राख्नुपर्ने भन्दै नोट अफ डिसेन्ट लेखेका थिए । 

सांसद थानीले भने, ‘कुलिङ पिरियडको विषयमा न्यायाधीश र कूटनीतिकहरूको बारेमा के राखिएको बताइदिनुपर्‍यो । यसमा सबैलाई समान अधिकार र व्यवहार गर्नुपर्छ भन्ने हो । जे नेपाली नागरिकले पाइरहेको छ त्यो सबैले पाओस् भन्ने दृष्टिकोण मेरो हो । उपसमितिका सदस्यहरूमध्ये कसैले दुई वर्षको राख्ने भन्नुभएको छ । कसैले एक वर्षको राख्नुभएको छ । के गर्दाखेरि उपयुक्त हुने हो ? म त दुई वर्षकै पक्षमा हो । दुई वर्ष राख्दाखेरी नै यो मुलुकको भविष्य राम्रो हुन्छ भन्ने कुरा म राख्न चाहन्छु ।’

उनले निजामति कर्मचारीहरूले आचारसंहिता पालना गर्ने नगरेको गुनासो आउने गरेको भन्दै आचारसंहिता पालना गर्न बाध्यकारी व्यवस्था गर्नुपर्ने बताए । उनले कर्मचारीलाई आचारसंहिता पालना गराउन कारबाहीको व्यवस्था गर्न सभापतिसमक्ष सुझाव दिए । उनले संघीय निजमति विधेयक सर्वसम्मतिले पारित गरेर पठाउन समेत आग्रह गरे । उनले कर्मचारीका मागहरू सम्बोधन गर्न नसकिए शिक्षकहरू जस्तै सडकमा आउने स्थिति बन्नसक्ने भन्दै कर्मचारीमैत्री ऐन बनाउन जरुरी रहेको पनि बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?