मुकुलको आरोप– ‘रवि दाई ठगीमा पटके भइसके, जेल आउजाउ भइरहन्छ’

लोकपथ
315
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकाल रास्वपा सभापति रवि लामिछानेप्रति कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै ढकालले सहकारी ठगी प्रकरणमा एउटा अदालतबाट छाडिए पनि अर्को काण्डमा पुनः समातिन सक्ने भन्दै कटाक्ष गरेका हुन् ।

त्यस्तै उनले अन्य ठग र गुण्डाहरुले जस्तै पटकपटक जेल आउजाउ हुने गरेको भन्दै रवि पनि सोही प्रकृतिको व्यक्ति रहेको आरोप लगाए ।

‘रवि दाइको मुद्दाको फैसला, आदेश लगायत १८–२० वटा अदालतबाट हुन्छ । कुनै अदालतबाट यिनी छुट्न सक्छन्, कुनैबाट प्रक्राउ पनि पर्न सक्छन् । यिनी जेलबाट आऊ–जाऊ भइराखे भने अचम्म नमान्दा हुन्छ । तपाईंहरुको घर नजिकै, तपाईंलेहरूले देखेका गुण्डा, ठगहरू पनि हेर्नु, ती पनि जेल जाने–आउने गरिरहेका हुन्छन् । यसरी पटक पटक जेल जानेआउने गरिरहनेलाई चलनचल्तीको भाषामा ‘पटके’ भनिन्छ । रवि दाइ पनि ‘पटके’ भइसके,’ उनले भने ।

त्यस्तै सहकारी ठगी प्रकरणमा जिल्ला अदालतहरुबाट रवि दोषी देखिँदा वैकल्पिक धारको नाममा उदाएको पार्टीले वैकल्पिक राजनीतिको वकालत गर्न नसक्ने दाबी गरे । रविको संलग्नता भएसम्म रास्वपाले राम्रोसँग आफूलाई अघि बढाउन नसक्ने समेत दाबी उनको रहेको छ ।

‘रवि दाइको यो पटके अवस्थाले न त पार्टीभित्रबाट कसैले पार्टीलाई ड्राइभ गर्ने गरि अन्तिम निर्णय गर्न सक्छन् न त पार्टी बाहिरबाट कसैले वैकल्पिक राजनीतिलाई अघि बढाउन सक्छन् । रवि दाइलाई नबिर्सी न रास्वपा अघि बढ्न सक्छ न त वैकल्पिक राजनीतिको अभियान नै । यिनी आऊ-जाऊ गरेर कसैलाई बिर्सन पनि दिँदैनन् र वैकल्पिक राजनीतिको समग्र अभियानलाई नै निरन्तर डिस्टर्ब गरिरहन्छन् । अनि लास्टमा न रास्वपा अघि बढ्न सक्छ, न कुनै अर्को दल आउन सक्छ, र उहि अन्तिम रिजल्ट भनेको काङ्ग्रेस(एमाले(माओवादीले नै जित्ने हुन् ।
तीतो लाग्यो कुरा ? सत्य यहि हो,’ उनले भनेका छन् ।

रास्वपाले मुकुलमाथि कारबाही गरेपछि रास्वपाका नेता र स्वंयम रविमाथि खनिँदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?