पाल्पामा जीप दुर्घटना १ जनाको मृत्यु, ५ घाइते

लोकपथ
511
Shares

काठमाडौं । पाल्पामा जिप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

पाल्पाको बगनासकाली गाउँपालिका–४, खानीछापको मलेङ् बेलडाँडामा लु १ ज १७२४ नम्बरको जीप दुर्घटना भएको हो ।

आइतबार राति तानसेनबाट चापपानी खहरेखोला हुँदै खानीछाप जाने क्रममा जीप दुर्घटना हुँदा कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि तानसेनस्थित अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?