कालिकोटमा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

लोकपथ
189
Shares

काठमाडौं । कालिकोटको पलाँता गाउँपालिकामा खाद्यान्न बोकेको ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

आइतबार राति पलाँता–९ थिर्पुबाट खाद्यान्न बोकेर खिनतर्फ जाँदै गरेको ट्र्याक्टर अचानक अनियन्त्रित भई भीरबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरूमा पलाँता–४ की अम्मा शाही, सदु बुढा, रविन्द्र विश्वकर्मा र मुगु खत्याड–५ का चन्द्र प्रकाश रोकाया रहेका छन्।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। शवको पोस्टमार्टम प्रक्रिया तथा घटनाको अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?