काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ । ललितपुर महानगरपालिका–१० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्यलाई प्रारम्भिक उपचारपछि हेलिकप्टरमार्फत् काठमाडौं ल्याउन लागिएको हो ।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीपमा सेवारो चोक भन्ने स्थानमा आगलागी भएको थियो । बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।
उक्त घटनामा ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाका ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षीया पत्नी सरिता पौडेल र गाडी चालक ४२ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनापछि घटनास्थलमा स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया