पब्लिक युथ क्याम्पसमा नेविसंघले गर्‍यो तोडफोड

लोकपथ
1.9k
Shares

काठमाडौं । काठमाडौंको धोबीचौरमा रहेको पब्लिक युथ क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तोडफोड गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदा नेविसंघले निर्वाचन भाँड्न क्याम्पस तोडफोड गरेको हो ।

पब्लिक युथ क्याम्पस नेविसंघ इकाइ सभापति सन्तोष श्रेष्ठ र नेविसंघको इकाइ सदस्य रोहित गुरुङले निर्वाचन रोक्न क्याम्पसमा तोडफोडमा उत्रिएका हुन् ।

उनीहरुले क्याम्पसको प्रशासनिक शाखामा तोडफोड गर्नुका साथै उक्त दृश्य कैद भएको सीसीटिभी समेत फुटाएका छन् ।

गत चैत ५ गते आन्तरिक किचलोका कारण रोकिएको स्ववियु निर्वाचन अदालतको आदेशपछि वैशाख ८ गते (भोलि) का लागि तोकिएको थियो । मनोनयनमा विवाद देखिएपछि नेविसंघ तोडफोडमा देखिएको हो । जसका कारण स्ववियु निर्वाचन समेत अन्यौलमा परेको छ ।

नेविसंघले चुनाव हार्ने डरले क्याम्पसमा पटकपटक तालाबन्दी, तोडफोड र विपक्षी संगठनका विद्यार्थीमाथि सांघातिक हमला गरेको अनेरास्ववियुका अध्यक्ष समिक बडालको आरोप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?