बाँके । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । नेपालगंज उपमहानगरपालिका–११ बस्ने २८ वर्षीय चानबाबु खाँनको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको हो ।
सोही उपमहानगरपालिका–१ बस्ने अमिन दर्जीको घरमा सवा मिटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको संजीवनी कलेज अफ मेडिकल साइन्स प्रालि नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया